
गायक युवराज चौलागाईं र अनुष्का पाठकको आवाजमा ‘हाम्रो सम्बन्ध’ बोलको गीत सार्वजनिक भएको छ । मायाप्रेममा आधारित गीतमा प्रेमसम्बन्धलाई कसरी विवाहमा परिणत गर्न सकिन्छ भन्ने कुरा देखाउन खोजिएको छ । गीतलाई शान थापाले निर्देशन गरेका हुन् ।
अनुष्काकै शब्द रहेको गीतमा सङ्गीत गायक युवराजकै रहेको छ । अर्जुन तिवारीले खिचेको गीतको सम्पादन सुप्रिम पराजुलीले गरेका हुन । गीत जी–२१ डिजिटल च्यानलबाट सार्वजनिक गरिएको हो ।
हेर्नूस गीत :

