भारतबाट गुजराती फिल्म ‘छेल्लो शो’ ओस्कार अवार्डमा सिफारिस - Crazysaptahik.com

भारतबाट गुजराती फिल्म ‘छेल्लो शो’ ओस्कार अवार्डमा सिफारिस

आगामी ओस्कार अवार्डका लागि भारतले गुजराती फिल्म ‘छेल्लो शो’ (द लास्ट शो)लाई उत्कृष्ट अन्तर्राष्ट्रिय फिचर विधाको लागि सिफारिस गरेको छ । पान नलिन लिखित एवं निर्देशित यो गुजराती फिल्मले गाउँको एक बच्चाको कथा पेश गर्छ ।

११० मिनेट लामो फिल्म ओस्कारमा भारतको तर्फबाट सिफारिस भएपछि सबैलाई चकित तुल्याएको छ । बहुचर्चित फिल्महरु ‘आरआरआर’ र ‘कस्मिर फाइल्स’ सिफारिस हुनसक्ने चर्चा ब्यापक थियो । फेड्रेसन अफ इन्डियाले भारतको तर्फबाट ‘द लास्ट शो’लाई सिफारिस गर्ने घोषणा गरेको हो ।

‘छेल्लो शो’ (द लास्ट शो) एक गाउँले बालकको कथा हो जसलाई फिल्मसँग प्रेम हुन्छ । गुजरातको छलाला गाउँमा उक्त बालक एक प्राविधिकको मद्दतमा प्रोजेक्सन रुममा फिल्म हेर्न पुग्छ । उसले केही फिल्म हेर्छ । फिल्म हेरेपछि उसको जिन्दगी पूर्णरुपमा बदलिन्छ । फिल्मलाई सिंगल स्क्रिनमा धेरैपटक देखाइएको छ ।

‘छेल्लो शो’ लेखक तथा निर्देशक पान नलिनको सेमी–अटोबायोग्राफी हो । फिल्मलाई लेखक नलिनकै जीवनबाट प्रभावित बताइएको छ । यो फिल्मको छायांकन लगत्तै भारतब्यापी लकडाउन भएको थियो । फिल्मको प्रिमियर १० जुन २०२१ मा ट्राइबेका फिल्म फेस्टिभलमा भएको थियो ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.