‘दुई नम्बरी’ फिल्म प्रमोसनलाई आइपुगिन् भुटानी अभिनेत्री उगेन छोदेन - Crazysaptahik.com

‘दुई नम्बरी’ फिल्म प्रमोसनलाई आइपुगिन् भुटानी अभिनेत्री उगेन छोदेन

आफू अभिनित पहिलो नेपाली फिल्म ‘दुई नम्बरी’को प्रवद्र्धन कार्यक्रमका लागि भुटानी अभिनेत्री उगेन छोदेन विहिबार काठमाण्डौं आइपुगेकी छन् । थिम्पुबाट काठमाडौं विमानस्थलमा उत्रिएपछि उनी लेख्छिन्, ‘हेलो नेपाल, नयाँ खबर के छ ?’ उनी आएसँगै फिल्मको ट्रेलर सार्वजनिक गर्ने र प्रचारप्रसार अभियानलाई अघि बढाउने निर्माताको तयारी छ ।

कोरोना महामारीले प्रभावित यो फिल्मको प्रदर्शन असोज २१ गतेदेखि सुरु हुँदैछ । गण्डकी प्रदेशका खेलकुदमन्त्री दीपक मनाङेको निर्माण र ‘पोइ प¥यो काले’ फेम्ड किरण नेपालीको प्रस्तुति रहेको फिल्ममा उगेनले दयाहाङ राईको अपोजिटमा अभिनय गरेकी छन् ।

सौगात मल्ल र उपासनासिंहले पनि अभिनय गरेका छन् । मित्रताको कथा प्रस्तुत गर्ने फिल्मलाई दीपेन्द्र लामाले निर्देशन गरेका हुन् । यसअघि फिल्मको टीजर भिडियो लन्च भैसकेको छ ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.