आफ्नै वकिलसँग डेटिङमा जोनी डीप - Crazysaptahik.com

आफ्नै वकिलसँग डेटिङमा जोनी डीप

हलिउड अभिनेता जोनी डीप पूर्वपत्नी एम्बर हर्डसँगको विवादले चर्चा रहे । अदालतले उनको पक्षमा फैसला पनि गयो । उनलाई न्यायिक प्रक्रियामा साथ दिने कानुन व्यवसायी क्यामिली भास्केजसँग उनको अफेयरको चर्चा पनि चल्यो । भास्केजसँगको अफेयरको हल्ला सेलाउन नपाउँदै डीपको रोमान्टिक जीवनलाई लिएर नयाँ खबर छ ।

अभिनेता डीप र अर्की कानुन व्यवसायी जोएली रिचबीच अफेयर चलिरहेको हलिउड सञ्चारमाध्यमले जनाएका छन् । जोएली अभिनेता डीपलाई कानुनी प्रक्रियामा सघाउनेमध्येकी एक वकिल हुन् । यसअघि क्यामिलीसँग डेटिङको चर्चा चलेपछि उनले आफ्नो अफेयर अरु कसैसँग रहेको प्रष्टीकरण दिएकी थिइन् । यूए म्यागजिन लेख्छ, ‘उनीहरुको केमेस्ट्री गज्जबको छ ।

उनीहरु सम्बन्धमा गम्भीर देखिन्छन् । उनीहरु वास्तविक कुराहरुसँगै अघि बढेका छन् ।’ उनीहरुले रोमान्सको सुरुवातमा होटलमा डेट गरेको समेत जनाइएको छ । तर अधिवक्ता जोएली अभिनेत्री एम्बर हर्डसँगको न्यायिक प्रक्रियामा सामेल थिइनन् ।

उनी यो वर्षको सुरुवातमा भर्जिनिया अदालतमा कार्यरत थिइन् । जोनीलाई भेट्ने क्रममा जोएली विवाहित थिइन् । जोनीसँगको अफेयरमा आएपछि उनी पतिलाई डिभोर्स दिने तयारीमा रहेको जनाइएको छ । जोएलीका दुई सन्तान छन् ।

सम्बन्धित खवर