आलियाको फिल्मको गीत र अक्षयको ‘गोर्खा’ नेपालमा छायांकन गर्न ‘लोकेसन रेकी’ हुँदै - Crazysaptahik.com

आलियाको फिल्मको गीत र अक्षयको ‘गोर्खा’ नेपालमा छायांकन गर्न ‘लोकेसन रेकी’ हुँदै

बलिउडका दुई फिल्मको छायांकन नेपालमा गर्ने तयारी सुरु भएको छ । ती फिल्मका निर्माताले छायांकनको तयारी बुझ्न भन्दै नेपाल व्यवस्थापन हेर्ने निर्माण नियन्त्रकसँग सम्पर्क गरेका छन् । आलिया भट्ट र रणवीर सिंह स्टारर ‘रकी और रानीकी प्रेम कहानी’को एउटा रोमान्टिक गीत नेपालमा छायांकन हुने निश्चित भएको छ ।

करण जोहरको धर्मा प्रोडक्सनले काठमाडौं र पोखरामा फिल्म सुटिङ गर्ने भन्दै ‘लोकेसन रेकी’ गर्न प्रस्ताव पठाएको छ । ‘तिहारसम्म यो फिल्मबारे सबै कुरा स्पष्ट हुनेछ । पोखरा र काठमाडौंमा एउटा गीत सुट गर्न हामीलाई प्रस्ताव गर्नुभएको छ,’ ती निर्माण नियन्त्रकले  भने, ‘आलियाको डेलिभरी डेट भएकाले सुटिङ रोकिएको छ । हामीलाई तयारी अवस्थामा बस्नु भनिएको छ ।’

यसैबीच, मार्चदेखि सुटिङ सुरु हुने अक्षयकुमार स्टारर फिल्म ‘गोर्खा’को केही छायांकन समेत नेपालमा हुने भएको छ । यो फिल्मको नेपाल व्यवस्थापन हेर्न कम्तीमा तीन नेपाली निर्माण नियन्त्रक कम्पनीबीच प्रतिस्पर्धा भइरहेको छ । तीनमध्ये एउटा कम्पनीले निर्माण व्यवस्थापनको जिम्मा पाउनेछ । ‘चाँडै हामीलाई लोकेसनको तस्वीरको डेमो पठाइनेछ र हामीले सोहीअनुसार लोकेसनको खोजी गर्नेछौं,’ भारतीय टिमसँग सम्पर्कमा रहेका अर्का एक निर्माण नियन्त्रकले भने, ‘कहिलेदेखि सुटिङ हुने कुरा तिहारसम्म लाग्छ ।’

गत महिना दक्षिण भारतीय फिल्म पीएस–वानको पाँच मिनेटको दृश्य जोमसोम विमानस्थलमा गर्ने भन्दै लोकेसन रेकी भएको थियो । कार्यकारी निर्माता पनि त्यहाँ पुगेका थिए । तर अन्तिम समयमा सुटिङ रोकिएको थियो ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.