गोविन्दाले भने – गरिबीका दिन सम्झँदा आत्मा काँप्छ, ममा अझै यसको गन्ध छ - Crazysaptahik.com

गोविन्दाले भने – गरिबीका दिन सम्झँदा आत्मा काँप्छ, ममा अझै यसको गन्ध छ

गोविन्दा बलिउडका ती स्टार मध्येका एक हुन् जसले कुनै गडफादर बिना नै जिरोबाट हिरोसम्मको यात्रा गरे । गोविन्दाले ‘राजा बाबु,’ ‘कुली नम्बर १’, ‘हिरो नम्बर १’, ‘जिस देश मे गंगा रहता है’, ‘हसीना मान जाएगी’, ‘हद कर दी आपने’ जस्ता सबै मनोरञ्जनात्मक फिल्मबाट आफ्ना फ्यानहरूलाई धेरै मनोरञ्जन दिए ।

भाडाको जीवनदेखि बलिउडको स्टारडम – यो सबै संघर्ष गोविन्दाले देखेका छन् । यसलाई उनी अहिले पनि सम्झन्छन् । आफ्नो कमिक अन्दाजका लागि चर्चित गोबिन्दाको यो कहानी अभिनेता बन्नुअघिको हो, जब उनी पैसाको अभावका कारण पसलको ऋण पनि समयमा नै तिर्न सक्दैनथे । हालै एक कार्यक्रममा ती पुरानो दिन याद गरेर उनी भावुक भए ।

‘उधारो लिएको पैसा तिर्न नसक्दा मलाई धेरै बेरसम्म उभ्याएर राखिन्थ्यो’

‘बिग एफएम’ को कार्यक्रममा आएका गेविन्दाले एक प्रश्नको जवाफ दिँदा आफ्नो विगत सम्झिए । अभिनयको दुनियाँमा प्रवेश गर्नुअघि किनमेल बारे उनलाई प्रश्न सोधिएको थियो, जसको जवाफमा उनले भने, ‘साँच्चै भन्नुपर्दा म निकै गरिब वर्गबाट ​​आएको हुँ । यद्यपि, मेरी आमा आदरणीय निर्मला देवी जीको एक क्लासिक कलाकारको रूपमा ठूलो नाम छ ।

त्यही भएर खाना खान सकेका थियौँ । हामीले त्यस्तो खासै समस्या भोगेनौँ तर सानो परिवार भएका कारण किराना पसलको अगाडि गएर उभिन्थेँ किनभने हामीले उधारो लिएको पैसा दिन सक्दैनथ्यौँ, त्यसैले मलाई धेरै बेरसम्म त्यहाँ उभ्याएर राखिन्थ्यो ।’

‘मबाट गरिबीको गन्ध हट्न समय लागिरहेको छ’

उनले भने, ‘त्यहाँ त म ३–४–५ घण्टा लाइनमा उभिन्थेँ । ‘म धेरैबेर लाइनमा बसिसकेँ, मलाई दिनु न’ भनिरहन्थेँ । ‘मलाई पढ्नु पर्छ, यहाँ जानु पर्छ, यसो गर्नुपर्छ, खेल्नुपर्छ’ भनेर भनिरहन्थेँ । पसलेले आफ्ना कामदारलाई ‘यसको पुरानो बक्यौता कतिको छ, कति महिना बाँकी छ, हेर त भनेर सबै हिसाब निकालिन्थ्यो । गरिब वर्गका मानिसहरुले जे – जति सफलता हासिल गर्छन्, सुरुसुरुमा त यस्तो लाग्थ्यो कि ‘साला डिप्लोमेट व्यक्ति हुन्, खतरनाक छन्, जताततै तारिफ गरिरहेका छन् ।

तर वास्तविकता के हो भने जब तपाईं आफ्नो अतित याद गर्नुहुन्छ तब तपाईंको आत्मा काँप्न थाल्छ । डर लाग्छ । यस्ता मानिसहरु हरेक कुरालाई धन्यवाद दिछन् । मेरो स्वभाव त यस्तै छ । मबाट गरिबको गन्ध हट्न समय लागिरहेको छ । तपाईंलाई कसैले मौका दिन्छ र यसका लागि तपाईं उनीहरुप्रति आभारी हुनुपर्छ ।’

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.