कीर्तिमानी जापानी फिल्म ‘वान पिस फिल्म : रेड’लाई भोलि काठमाडौंमा ‘फ्यान स्क्रिनिङ’ गरिने - Crazysaptahik.com

कीर्तिमानी जापानी फिल्म ‘वान पिस फिल्म : रेड’लाई भोलि काठमाडौंमा ‘फ्यान स्क्रिनिङ’ गरिने

जापानी फिल्म ‘वान पिस फिल्म : रेड’को नेपाल फ्यान स्क्रिनिङ हुने भएको छ । वितरण कम्पनी एप्पलले मंगलबार बेलुका वान सिनेमाजमा फिल्म प्रिमियर गर्न लागेको हो । सन् २०२२ मा जापानमा सबैभन्दा धेरै कमाउने फिल्मको कीर्तिमान राखेको यो फिल्म माङ्गा फिल्म सिरिजको १५ औं सिक्वेल हो ।

फिल्मले जापानमा १५.०१ येन र विश्वव्यापी १२१.७ बिलियन डलर कमाएको छ । एमिनेटेड फ्यान्टासी–एक्सन–एड्भेन्चर जनरामा राखिएको यो फिल्मलाई एप्पल इन्टरटेनमेन्टले असोज २८ गते नेपालमा रिलिज गर्दैछ ।

एप्पलकी कविता महर्जनका अनुसार फ्यान स्क्रिनिङको शो नै सोल्डआउट भइसकेको छ ।उक्त स्क्रिनिङमा फ्यानहरुले कस्प्ले पहिरनमा आफूलाई प्रस्तुत गर्नेछन् ।

एप्पल इन्टरटेनमेन्ट जापानी एनिमे फिल्मको आधिकारिक नेपाल वितरक समेत हो । उसले व्यावसायिक रुपमा जापानी फिल्महरुलाई नेपालमा रिलिज गर्दै आइरहेको छ ।

सम्बन्धित खवर