टुबोर्ग ओपनले ल्यायो भेकको स्वरमा नयाँ गीत ‘खोलौं रमेर’ - Crazysaptahik.com

टुबोर्ग ओपनले ल्यायो भेकको स्वरमा नयाँ गीत ‘खोलौं रमेर’

टुबोर्ग नेपालले गायक भेकको स्वरमा ‘खोलौं रमेर’ गीत सार्वजनिक गरेको छ । अमेरिकी गायक जेसन डेरुला सहभागी हुने ‘टुबोर्ग ओपन कन्सर्ट २०२२’ लाई मध्यनजर गर्दै टुबोर्गले गीत सार्वजनिक गरेको हो ।

भेकले टुबोर्ग ओपनि थिम ‘टेक द स्टेज’ अन्तर्गत जेसनलाई अमेरिकाको लस एन्जलसमा पुगेर भेट्ने मौका पाएका थिए । जेसनको मेन्टरसिपबाट सिकेका कुरालाई आत्मसात गर्दै भेकको नयाँ गीत आएको हो । गीत टुबोर्ग नेपालको आधिकारिक युट्युब च्यानलमा रिलिज भएको छ ।

नेपालको लोकप्रिय बियर ब्रान्ड टुबोर्गको उत्पादक कम्पनी गोर्खा ब्रअरीका मार्केटिङ डाइरेक्टर आशिष विष्टले टुबोर्ग ओपन अभियान नेपाली संगीत क्षेत्रको प्रवद्र्धनका लागि एउटा प्रयास भएको बताए ।

 

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.