इमोजीले टाउको छोपेर निर्माताले सार्वजनिक गरे ‘जेरी २’की हिरोइन - Crazysaptahik.com

इमोजीले टाउको छोपेर निर्माताले सार्वजनिक गरे ‘जेरी २’की हिरोइन

अनमोल केसीको प्रमुख भूमिका हुने फिल्म ‘जेरी २’की नायिका फाइनल भएकी छन् । निर्माता सरोज न्यौपानेले अनमोल केसी र अभिनेत्रीसँगको तस्वीर सेयर गरेका छन्, जसमा हिरोइनको अनुहारलाई स्माइली इमोजीले छोपेर गोप्य राखिएको छ ।

केही दिनअघि ती हिरोइनले फिल्म साइन गरेकी थिइन् । तस्वीरमा फ्लावर प्रिन्टसहितको गाउनमा ती नायिका क्युट देखिन्छिन् । सामाजिक सञ्जालमा सेयर भएको तस्वीरमा विभिन्न अभिनेत्रीको नाम अनुमानसहित उल्लेख गरिएको छ ।

निर्माता न्यौपानेले दर्शकमाझ कौतुहलता सिर्जना गर्न उक्त तस्वीर सेयर गरिएको बताए । ‘केही दिनमा औपचारिक सार्वजनिक गर्नेछौं । सबैलाई गेस गर्न खुला छ,’ उनले भने । तर कमेन्टमा भने धेरैले ‘जेरी २’लाई नीति शाहलाई लिइएको हुनसक्ने प्रतिक्रिया दिएका छन् ।

हेमराज बीसीले निर्देशन गर्ने यो रोमान्टिक फिल्मको छायांकन चुनावपछि सुरु हुने तयारीमा छ । अघिल्लो भागमा अनमोलले आना शर्मासँग अनस्क्रिन रोमान्स गरेका थिए ।

सम्बन्धित खवर