
हाँस्यव्यंग्यकार एवं गायक राजा राजेन्द्र पोखरेलको ‘लोकल नभई हुँदैन’ बोलको गीत सार्वजनिक भएको छ । डान्सिङ बिटको गीतमा नायक दिलिप रायमाझी र समारिका÷स्मारिका ढकालको अभिनय छ । पोखरेल र शान्तिम कोइरालाको आवाजमा रहेको गीतको भिडियोमा मानिसले मदिरा सेवन गरेपछि गर्ने उटपट्याङ व्यवहारलाई रोचक ढंगले प्रस्तुत गरिएको छ ।
राजा राजेन्द्रकै शब्द संगीतमा रहेको गीतको भिडियो निर्देशन र कोरियग्राफी शिव विकले गरेका छन् । सौरभ लामाको छायांकन रहेको गीतको भिडियोलााई मिलन विश्वकर्माले सम्पादन तथा रंग संयोजन गरेका छन् ।

