उर्गेन दोङको ‘लजालु मायालु’ ट्रेन्डिङमा - Crazysaptahik.com

उर्गेन दोङको ‘लजालु मायालु’ ट्रेन्डिङमा

फरक पहिचान, फरक संस्कृति, फरक परम्परा र फरक पहिरन रहेको तामाङ र थारु भाषाको ‘लजालु मायालु’ गीत अहिले युट्युबमा निकै चर्चित भइरहेको छ भने टिकटकमा भाइरल भइरहेको छ ।

यो गीत अहिले युट्युबको नेपाल ट्रेन्डिङमा म्युजिकतर्फ पहिलो स्थानमा रहेको छ ।तामाङ र थारु भाषाको फ्युजन रहेको उक्त गीतको शब्दसँगै संगीत समेत मीठो भएकाले श्रोता–दर्शकले निकै रुचाएका छन् । गायक तथा संगीतकार उर्गेन दोङ र वीरेन्द्र दोङले संगीत भरेको लजालु मायाले गीतको थारु संगीत रोहन खत्रीले गरेका हुन् ।

थारु शब्दका साथै गीतमा तामाङ शब्दहरु मीठो गरी संयोजन गरिएको छ । जसले गीतलाई थप मीठो बनाएको छ । गीतमा गायक उर्गेन र गायिका अनु चौधरीले स्वर भरेका छन् । गीतमा उर्गेन दोङ, अनु चौधरी, रविन खत्री, आकांक्षा आचार्यले अभिनय गरेका छन् ।

भदौ २८ गते सार्वजनिक भएको गीत ५१ लाख ८८ हजार रुपैयाँ बढी पटक हेरिएको छ । तीन मिनेट १६ सेकेण्डको गीत बिरुन स्टुडियो नेपाल नामक युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो ।

 

 

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.