वेब सिरिजको दृश्यलाई लिएर एकता कपुर र उनकी आमाविरुद्ध वारेन्ट जारी - Crazysaptahik.com

वेब सिरिजको दृश्यलाई लिएर एकता कपुर र उनकी आमाविरुद्ध वारेन्ट जारी

बलिउड फिल्म निर्माता एकता कपुर आफ्नी वेब सिरिजका कारण मुस्किलमा फसेकी छन् । उनको वेब सिरिज ‘थ्री–एक्स’लाई लिएर बिहारको बेगुसराय अदालतले एकता र उनकी आमा शोभा कपुरविरुद्ध पक्राउ वारेन्ट जारी गरेको छ ।

सिरिजमा देखाइएको एक अन्तरंग दृश्यमाथि आपत्ति जनाउँदै एक वर्षअघि नै दर्ता भएको मुद्दालाई लिएर उनीहरुविरुद्ध वारेन्ट जारी भएको हो । ‘थ्री–एक्स’ सिरिजमा देखाइएको भारतीय सैनिक जवान र उनकी पत्नीबीचको अन्तरंग दृश्यले मानमर्दन भएको भन्दै भूतपूर्व सैनिक संघ, बेगुसराय जिल्ला अध्यक्ष शम्भु कुमारले मुद्दा दर्ता गरेका थिए ।

सिरिजमा भारतीय सैनिक जवान र उनकी पत्नीलाई गलत तरिकाले देखाएको उनको दाबी थियो । यस मुद्दामा एकताले आफ्नो सफाइ पनि पेस गरेकी थिइन् । उनले त्यसपछि वेब सिरिजमा उक्त दृश्यलाई छोट्याएकी थिइन् ।

अब भने दुवै जनालाई उपस्थित हुन अदालतले आदेश दिएको छ । थ्री एक्स’ ओटीटी प्लेटफर्म अल्ट बालाजीबाट स्ट्रिमिङ हुन्छ ।

 

सम्बन्धित खवर