बिग बोसबाट १००० करोड पारिश्रमिकको प्रश्नमा सलमान खानले के भने ? - Crazysaptahik.com

बिग बोसबाट १००० करोड पारिश्रमिकको प्रश्नमा सलमान खानले के भने ?

रियालिटी शो बिग बोसको १६ औं सिजन चाँडै टिभीमा प्रशारण हुँदैछ । अभिनेता सलमान खानले पछिल्लो १२ वर्षदेखि यसलाई होस्ट गर्दै आएका छन् । नयाँ सिजनबारे जानकारी दिन एक लाइभ शो आयोजना गरिएको थियो ।

यतिबेला सलमान खानले विभिन्न प्रश्नको जवाफ दिए । बिग बोससँगको आफ्नो लगातार १२ वर्षको यात्रा कस्तो रह्यो भनेर सोध्दा सलमानले भने, ‘१२ वर्ष लामो समय भइसक्यो । अब म यसमा भिजिसकेको छु ।

यी चार महिनाको अवधिमा म परिवारका सदस्यहरूसँग हुनेछु । बाटो बिराएका घरका सदस्यलाई बाटो देखाउँछु । जसमाथि दुर्व्यवहार गरिन्छ उनीहरुलाई जोगाउँछु । जुन चार महिना बित्छन्, यसमा सहभागी परिवारका सदस्य जस्तै हुन्छन् ।’

बिग बोसका लागि मोटो शुल्क लिएको हल्लाको सलमान खानले खुलेर जवाफ दिएका छन् ।उनले भने, ‘मेरो शुल्कको बारेमा सबै रिपोर्टहरू गलत छन् । यदि मैले १००० करोड रुपैयाँ पाएँ भने, म जीवनमा कहिल्यै काम गर्दिनँ ।

तर एक दिन त्यो समय पनि आउनेछ । यदि मैले यो कहिल्यै पाएँ भने पनि मेरो धेरै खर्च छ… वकिलको शुल्क पनि धेरै नै छ । धेरै पैसा त त्यसमा नै खर्च हुन्छ ।

मेरो कमाई यसको एक चौथाई पनि छैन । यो जुन आँकडा तपाईंहरुले बढाइचढाइ गर्नु हुन्छ नि, भाइ यसलाई आयकर र ईडीले पनि याद गरिरहेको हुन्छ ।’

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.