पवनदीप पहिलो सोलो नेपाली गीत ‘तिम्रो हाम्रो भेट कहिले हुने हो’ सार्वजनिक - Crazysaptahik.com

पवनदीप पहिलो सोलो नेपाली गीत ‘तिम्रो हाम्रो भेट कहिले हुने हो’ सार्वजनिक

घामले लाली छरेर गइगयो

बार्दलीमा कुरेको देखेर

 

जूनले चाँदी लिपेर गइगयो

देउरालीमा पर्खेको देखेर

 

तिम्रो हाम्रो भेट कहिले हुने हो

यो मुटुमा दिनरातै बसेर

 

घाम पनि गयो नौडाँडा काटेर

जून पनि गयो नौडाँडा काटेर

वरै नौडाँडा काटेर

माथिका पंक्ति गीतकार आनन्द अधिकारीको नयाँ गीतका हुन् । शिखर सन्तोषले संगीत भरेका यी शब्दलाई गायन रियालिटी शो इन्डियन आइडलको १२ औं संस्करणका विजेता पवनदीप राजनले गाएका छन् ।

शुक्रबार म्युजिक नेपालको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको गीत ‘तिम्रो हाम्रो भेट कहिले हुने हो’ पवनदीपको पहिलो सोलो नेपाली गीत हो । यसअघि भने उनले इन्डियन आइडल–१२ कै फाइनलिस्ट अरुणिता कन्जिलालसँग ‘घाम झैं बलेकी’ गीत गाएका थिए । उक्त गीत पनि निकै रुचाइएको थियो ।

आफ्नी मायालुलाई भेट्ने तीव्र अभिलाषाको भाव व्यक्त गर्ने गीतलाई उदयराज पौडेलले एरेन्ज गरेका छन् । आकाश श्रेष्ठ र मलिका महतलाई रोमान्टिक मुद्रामा चित्रण गरिएको गीतको भिडियोलाई भुषण दाहालले निर्देशन गरेका छन् ।

डोरबहादुर कटुवाल र प्रकाश गोपालीले खिचेको भिडियोमा पदम तिमिल्सिनाको सम्पादन छ । भिडियोका सहायक निर्देशक राजु याक्चा हुन् ।

 

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.