वर्षा र पति आशिषले गरे एकअर्कालाई ‘अनफलो’, सम्बन्धमा खटपट भएकै हो ? - Crazysaptahik.com

वर्षा र पति आशिषले गरे एकअर्कालाई ‘अनफलो’, सम्बन्धमा खटपट भएकै हो ?

गत वैशाख ९ गते अभिनेत्री वर्षा सिवाकोटी र अमेरिका निवासी आशिष गेलालले धुमधामले विवाह गरे । विवाह लगत्तै वर्षा श्रीमानसँग अमेरिका पनि गइन् र त्यहाँ केही समय आशिषसँगै बसिन् ।

उनीहरुका रोमान्टिक मोमेन्टका तस्वीर पनि सार्वजनिक भएका थिए । अमेरिकाबाट फर्किएपछि अनलाइनखबरसँग कुरा गर्दै वर्षाले आफूले श्रीमान र फिल्म करिअरलाई सन्तुलन मिलाएर अघि बढाउने बताएकी थिइन् ।

आफूलाई श्रीमानबाट व्यावसायिक करिअरमा सहयोग मिलेको पनि उनको भनाइ थियो । अमेरिकाबाट फर्किएपछि न त वर्षा न त आशिषले एकअर्काका युगल तस्वीर पोस्ट गरेका छन् । बरु उनीहरुले इन्स्टाग्राममा एकले अर्कोलाई अनफलो गरेका छन् ।

वर्षाकी आमा दुर्गा र आशिषले पनि एकले अर्कोलाई अनफलो गरेका छन् । वर्षा र आशिषले विवाहका बाहेक अन्य तस्वीर पनि हटाएका छन् । अनफलो गर्दैमा सम्बन्धमा दरार आउँछ भन्ने निश्चित त होइन, तर दरारको संकेत मिलेको छ ।

एकातिर अनफलो गर्नु र अर्कोतिर फोटै हटाउनुले सम्बन्धका खटपटको संकेत चाहिं दिन्छ । पछिल्लो समय वर्षाले आमा दुर्गासँग सिंगापुर र थाइल्याण्ड भ्रमणबाहेकका अन्य तस्वीर पोस्ट गरेकी छैनन् ।

के वैवाहिक सम्बन्धमा दरार आउन लागेको हो ? पक्कै पनि वर्षाले यसबारे आफ्नो धारणा बाहिर ल्याउलिन् । यसबारे बुझ्न वर्षालाई सम्पर्कको प्रयास गरिए पनि उनी उपलब्ध भइनन् ।

 

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.