बिहीबारदेखि ‘नाइँ नभन्नु ल–६’को छायांकन हुँदै - Crazysaptahik.com

बिहीबारदेखि ‘नाइँ नभन्नु ल–६’को छायांकन हुँदै

क्रेजी संवादाता
काठमाडौं । बिहीबारदेखि प्रतीक्षित फिल्म ‘नाइँ नभन्नु ल–६’को छायांकन सुरु हुने भएको छ । निर्देशक विकासराज आचार्यले काठमाडौंको एक विद्यालयबाट छायांकन सुरु हुने जानकारी दिएका छन् ।

छायांकनपूर्व कलाकारको समीकरण पनि पूरा भइसकेको छ । आँचल शर्मा, आशिर्वाद बराल, अनुभव रेग्मी, योगिशा, अथर्व र एल्बिना प्रमुख भूमिकामा हुने भएका छन् । छैटौं श्रृंखलामा कथावस्तुमा हल्का फेरबदल भएको छ ।

बालकथासँगै तन्नेरीको प्रेमकथालाई पनि समावेश गरिएको छ । डेब्यु ब्वाय आशिर्वाद र आँचलबीचको रोमान्सलाई पनि समेटिने भएको छ । तिहार बिदाको अवसर पारेर विद्यालयमा छायांकन गरिन लागिएको निर्देशक आचार्यले बताए ।

‘तिहार बिदामा स्कुल पनि बन्द हुने भएकाले, सोही अवसरलाई छोप्न खोजेका हौं, ’ उनले भने ।निर्देशक आचार्यसहित सामीप्यराज तिमिल्सिना र अरुणदेव जोशीले पटकथा लेखनमा सहकार्य गरेका छन् ।

प्रदर्शन मिति निश्चित नभइसके पनि निर्देशक आचार्यले आगामी वर्ष प्रदर्शन हुनसक्ने सम्भावना रहेको बताए । आख्यान फिल्म्सको ब्यानरमा सिविन दाहाल र सञ्जय न्यौपानेले फिल्म निर्माण गर्न लागेका हुन् । नाइँ नभन्नु लका अघिल्ला पाँचैवटा सिक्वेलहरु बक्स अफिसमा सफल भइसकेका छन् ।

सम्बन्धित खवर