
चर्चित दक्षिण भारतीय अभिनेता बब्लु पृथ्वीराजले २३ वर्षकी मलेसियाली युवतीसँग गोप्य रुपमा विवाह गरेको भन्ने खबर सार्वजनिक भएको छ ।
यो कुरामा कत्तिको वास्तविकता छ भन्नेबारे थाहा छैन किनभने यसबारे अभिनेताको तर्फबाट कुनै पनि प्रतिक्रिया आएको छैन । तर शोबिज इन्डष्ट्रिमा यो खबरले सनसनी मच्चाइदिएको छ ।
अभिनेताले गोप्य रुपमा गरे दोस्रो विवाह ?
५६ वर्षका अभिनेताको २३ वर्षकी युवतीसँग दोस्रो विवाहको खबर आगो सरी फैलिएको छ । युवती अभिनेताभन्दा ३३ वर्ष कान्छी छिन् । बब्लु पृथ्वीराज विवाहित हुन् । उनकी श्रीमतीको नाम बिना हो । सन् १९९४ मा यी दुईको विवाह भएको थियो ।
यो विवाहबाट यी दुईको एक छोरा पनि छन् जसको नाम अहेद हो । उनी २७ वर्षको भइसकेका छन् । मिडिया रिपोर्टका अनुसार बब्लुको बिनासँग वैवाहिक सम्बन्ध राम्रो चलिरहेको छैन ।
उनीहरुको छोराको स्वास्थ्यका कारण बब्लु र बिनाको नीजि जीवनमा निकै तनाव थियो । अहेद बिरामी भइरहन्छन्, उनी अटिस्टिक हुन् ।
के श्रीमतीबाट अलग्थिए बब्लु ?
हालै प्रकाशित रिपोर्टका अनुसार बब्लु र बिना केही वर्ष अघि अलग्गिइसकेका छन् किनभने उनीहरुबीचको मनमुटाव सुल्झिरहेको थिएन र उनीहरुले आफ्नो बाटो अलग बनाइसकेका छन् ।
बब्लु र बिनाले वर्षौँसम्म छोरालाई निको पार्न संघर्ष गरिरहे । यद्यपि, जेठी श्रीमतीसँगको सम्बन्ध बिग्रिएको बारे उनले हालसम्म पुष्टि गरेका छैनन् ।
को हुन् बब्लु पृथ्वीराज ?
बब्लु पृथ्वीराज तमिल फिल्म र शोजका चर्चित नाम हुन् । उनी तमिल मात्रै होइन तेलुगु, कन्नड फिल्ममा काम गर्छन् । उनले बाल कलाकारको रुपमा आफ्नो करियर सुरु गरेका थिए । उनको पहिलो फिल्म नान भजहाभैपेन थियो ।
अभिनेताको रुपमा बब्लुले सन् १९८० मा कमब्याक गरेका थिए । पर्दामा उनले नकारात्मक भूमिकाबाट पहिचान पाए । बब्लु थुप्रै टेलिसिरयलका हिस्सा बने । उनले डान्स रियालिटी शो जोडी नम्बर वानमा भाग लिएका थिए ।
बब्लु पृथ्वीराज सयभन्दा बढी साउथ इन्डियन फिल्ममा देखिएका छन् । बब्लु फिटनेस फ्रिक हुन् । ५६ वर्षको उमेरमा जसरी बब्लुले आफ्नो फिटनेस मेन्टेन गरेका छन्, त्यो प्रशंसनीय छ ।

