नेपालमा सुटिङ भएको ‘उचाइ’लाई विश्वभर यशराज फिल्म्सले वितरण गर्ने - Crazysaptahik.com

नेपालमा सुटिङ भएको ‘उचाइ’लाई विश्वभर यशराज फिल्म्सले वितरण गर्ने

सुरज वार्जत्य निर्देशित बलिउड फिल्म ‘उचाइ’को वितरण यशराज फिल्म्सले गर्ने भएको छ ।बलिउड हंगामाका अनुसार अमिताभ बच्चन, अनुपम खेर, बोमन इरानी, डेनी डेन्जाङ्पा र परिणिती चोपडाको प्रमुख भूमिका रहेको फिल्मलाई यशराजले भारत र विश्वभर वितरण गर्ने भएको हो ।

यद्यपि भारतका केही राज्यमा भने फिल्मलाई यशराजले वितरण गर्नेछैन । यशराजले यसअघि मलाङ, जय मम्मी, छोटा भीम, कुङ फु धमाका, हनुमान भर्सेस महिरावना, पिकु र ह्याप्पी न्यु ईयरजस्ता फिल्मको अन्तर्राष्ट्रिय वितरण गरिसकेको छ ।

बुढ्यौली मित्रताको कथा प्रस्तुत गर्ने फिल्म उचाइ आगामी नोभेम्बर ११ मा विश्वव्यापी रुपमा रिलिज हुँदैछ । फिल्म नेपालका हिमालयमा पनि छायांकन गरिएको छ ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.