नेपाल फिल्म सोसाइटी युकेको महासचिवमा हिराकाजी - Crazysaptahik.com

नेपाल फिल्म सोसाइटी युकेको महासचिवमा हिराकाजी

गीतकार तथा निर्देशक हिराकाजी थापा नेपाल फिल्म सोसाइटी युकेको महासचिव चयन भएका छन् । नेपाल फिल्म सोसाइटी युकेले सर्वसम्मत रुपमा उनलाई महासचिव चयन गरेको हो ।

सोसाइटीले एक विज्ञप्ति जारी गर्दै महासचिव मनसुधन थापामगर आफ्नो व्यवसाय कार्यभार व्यस्तताको कारण शनिबारबाट अवकाश लिएकाले उक्त रिक्त पदमा थापालाई चयन गरिएको जनाएको छ ।

मनसुधन सह–सचिव पदमा भने रहनेछन् । थापा लामो समयदेखि बेलायतमा रहेर नेपाली गीतसंगीत र कला क्षेत्रमा सक्रिय छन् ।

गीतकार तथा निर्देशक थापाका शब्दमा चर्चित गायिका अञ्जु पन्तको स्वरमा मैले रुँदा आँशु पुछ्थ्यौ, हाँस्दा सँगै हाँस्थ्यौँ, नबिन के भट्टराईको स्वरमा ‘सायद तिमी नै हौ मेरो दिलको धड्कन’, नेपाल आइडल विजेता गायक बुद्ध लामाको स्वरमा ‘के छ खबर’ लगायत सयौँ गीत सार्वजनिक छन् ।

थापा अहिले एक चलचित्र निर्माण गर्ने तरखरमा छन् । जसको छायांकन माघ अन्तिम साताबाट हुनेछ ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.