दयाहाङको ह्याट्रिक - Crazysaptahik.com

दयाहाङको ह्याट्रिक

पछिल्लो समयका ब्यस्त अभिनेता हुन् दयाहाङ राई । थियटर हुँदै फिल्म अभिनयमा प्रवेश गरेका राईलाई फिल्म खेलाउन निर्माता निर्देशक एक वर्षसम्म पनि कुर्न तयार छन् । यी नै अभिनेता दयाहाङका लागि यो वर्ष (२०७९) लाभदायक सिद्ध भएको छ ।

किनभने यो वर्षको ७ महिना भित्र उनका तीन फिल्म हिट भएका छन् । गत ४ कार्तिकमा रिलिज भएको फिल्म ‘के घर के डेरा’ ले सुखद व्यापार गरेसँगै यो बर्ष उनका हिट फिल्म तीन पुगेका हुन् ।

‘के घर के डेरा’ ले अहिले पनि बक्स अफिसमा सुखद कमाई गरिरहेको छ । काठमाडौंमा घर हुने र नहुनेहरुको समस्याको कथामा निर्माण भएको फिल्ममा दयाहाङ राई, विपिन कार्की, सुरक्षा पन्त, वर्षा राउत, रविन्द्र झा, लक्ष्मी गिरी, कोशिश क्षेत्री, अशान्त शर्मा, प्रभाकर न्यौपाने, सरोज अर्याल, भोलाराज सापकोटा, घनश्याम जोशी लगायत कलाकारको अभिनय छ ।

यो वर्षको सुरुवातमै उनी अभिनित फिल्म ‘कबड्डी ४’ हिट भएको थियो । फिल्मले बक्स अफिसमा कमाइको मामलमा नयाँ रेकर्ड बनाएको थियो । फिल्मको व्यापार २२ करोड ग्रस रहेको निर्माण पक्षको दाबी छ ।

‘कबड्डी ४’ पछि दयाहाङको फिल्म ‘२ नम्बरी’ पनि बक्स अफिसमा हिट भएको छ । फिल्मले लगानी उठाएर नाफा कमाउन सफल भएको भन्दै निर्माता करिण नेपालीले बोनसको घोषणा गरिसकेका छन् ।

 

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.