बलिउडको थुप्रै चर्चित फिल्ममा काम गरिसकेकी नायिका रम्भाको कार दुर्घटना भएको छ । दुर्घटनामा रम्भाको कार क्षतीग्रस्त भएको छ । कारमा नायिकाकी छोरी र छोरीलाई हेरविचार गर्ने सहयोगी पनि थिए । नायिकाकी छोरीलाई अस्पताल भर्ना गरिएको छ ।
कसरी भयो दुर्घटना ?
नायिका रम्भाले आफ्नो इन्स्टाग्राम ह्यान्डलमा कार दुर्घटनाको खबर साझा गरेकी छिन् । उनले कारको तस्बिर पनि सेयर गरेकी छिन् । फोटोमा तपाईं देख्न सक्नुहुन्छ कि कार नराम्रोसँग क्षतीग्रस्त भएको छ । तर उनलाई धेरै चोट भने लागेन ।
दुर्घटनाको खबर साझा गर्दै उनले आफ्नो पोस्टमा लेखिन्, ‘बच्चालाई स्कूलबाट लिएर आउँदा हाम्रो कार अर्को कारसँग ठोक्कियो । मसँग मेरो बच्चा र उनलाई हेरविचार गर्ने सहयोगी थिइन् ।
हामी सबै सुरक्षित छौँ । हामीलाई हल्का चोट लागेको छ । तर मेरी छोरी साशा अहिले पनि अस्पतालमा छिन् । कृपया हाम्रो लागि प्रार्थना गर्नुहोस् । तपाईंहरुको प्रार्थनाले निकै महत्वपूर्ण भूमिका खेल्नेछ ।’
को हुन् रम्भा ?
रम्भा हाल फिल्मी दुनियाँबाट टाढा छन् ितर एक समय उनी बलिउडकी निकै चर्चित नाम थिइन् । रम्भा सलमान खानसँग जुडवा फिल्ममा देखिएकी थिइन् । उनले यो फिल्मबाट विशेष पहिचान पाएकी थिइन् ।
जुडवाबाहेक रम्भा ‘घरवाली बाहरवाली’, ‘क्योंकी मे झुठ नहीं बोलता’ समेत थुप्रै फिल्ममा देखिइसकेकी छिन् । हिन्दी सिनेमाबाहेक रम्भाले तमिल, तेलुगु, कन्नड, मलयालम, बंगाली फिल्ममा पनि काम गरिसकेकी छिन् ।