दयाहाङ र मिरुनाको फिल्म ‘जारी’ वैशाख १ गते रिलिज हुने - Crazysaptahik.com

दयाहाङ र मिरुनाको फिल्म ‘जारी’ वैशाख १ गते रिलिज हुने

दयाहाङ राई र मिरुना मगर स्टारर फिल्म ‘जारी’को प्रदर्शन मिति घोषणा भएको छ । निर्माता रामबाबु गुरुङले आगामी वैशाख १ गते फिल्म रिलिज हुने जानकारी दिए । सर्वाधिक कमाउने नेपाली फिल्म ‘कबड्डी’कै निर्माण कम्पनी बाँसुरी फिल्म्सले निर्माण गरेको यो फिल्म उपेन्द्र सुब्बा निर्देशित पहिलो फिल्म हो ।

सुब्बा कबड्डी सिरिजका लेखक समेत हुन् । फिल्ममा दयाहाङ र मिरुनासहित प्रेम सुब्बा, विजय बराल, रेखा लिम्बू, रोयदीप श्रेष्ठ, कमलमणि नेपाल, पुष्कर गुरुङको समेत अभिनय छ ।

पाँचथरका रमणीय स्थानमा फिल्म छायांकन भएको हो ।झरना थापाको आगामी फिल्म ‘भगवत् गीता’ले पनि वैशाख १ गतेलाई प्रदर्शन मितिको रुपमा घोषणा गरेको छ ।

सम्बन्धित खवर