दुई विश्वसुन्दरीले गरे विवाह - Crazysaptahik.com

दुई विश्वसुन्दरीले गरे विवाह

अवश्य पनि धेरै जनाका लागि यो खबर आश्चर्यको कुरा हो । पूर्वमिस अर्जेन्टिना र पूर्वमिस पुएर्तो रिकोले विवाह गरेको घोषणा गरेर प्रशंसकलाई चकित बनाएका छन् । बुधबार बेलुका मारियाना भरेला र फाबिओला भ्यालेन्टिनले इन्स्टाग्राममार्फत विवाहको सार्वजनिक घोषणा गरे ।

सन् २०२० मा थाइल्याण्डमा भएको मिस ग्राण्ड इन्टरनेसनलमा मारियानाले अर्जेन्टिना र फाबिओलाले पुएर्तो रिकोको प्रतिनिधित्व गरेका थिए । उक्त सौन्दर्य प्रतियोगिताको अन्तिम १० मा स्थान बनाएका उनीहरु त्यसपछि नजिकिएका थिए ।

त्यसयता फ्यानलाई थाहा नदिइकन उनीहरुले गोप्य रुपमा डेटिङ पनि गरिरहेका थिए ।यो जोडीले समुन्द्र तटमा रोमान्टिक भएर हिंड्नेदेखि क्याजुअल गफगाफ, स्याम्पेन टोस्टहरुजस्ता रमाइला इन्स्टाग्राम रिल पोस्ट गरेका थिए । सुनौलो र चाँदीको बेलुन उडाउँदै उनीहरुले ‘म्यारी मी’ भन्दै चिच्याएर प्रस्ताव राखे ।

उक्त पोस्टले यी दुई सुन्दरीले पुएर्तो रिको सहरको अदालत बाहिर उभिएको देखाउँछ, जहाँ उनीहरुले गत अक्टोबर २८ मा विवाह गरे । ‘हाम्रो सम्बन्धलाई गोप्य राख्दै हामीले विशेष दिनका लागि ढोका खुला गरेका छौं,’ पोस्टमा उल्लेख छ ।

फ्यान, सेलिब्रिटीहरु र पेजेन्टका अन्य प्रतिस्पर्धीले यो आकर्षक तस्वीर र घोषणाको लागि उनीहरुलाई बधाई दिएका छन् ।

सम्बन्धित खवर