चेतन कार्कीका शब्द समावेश गीति एल्बम ‘म चेतन’ सार्वजनिक - Crazysaptahik.com

चेतन कार्कीका शब्द समावेश गीति एल्बम ‘म चेतन’ सार्वजनिक

गीतकार तथा फिल्म निर्देशक स्वर्गीय चेतन कार्कीको गीति संग्रह ‘म चेतन’ सार्वजनिक भएको छ । कार्कीको ८४ औं जन्मजयन्तीको अवसर पारेर बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा म्युजिक नेपालले उक्त गीति संग्रह सार्वजनिक गरेको हो ।

कार्कीका शब्द यसअघि विभिन्न गीति एल्बममा फुटकर रुपमा समावेश गरिएका भए पनि ‘म चेतन’ भने उनको पहिलो एकल एल्बम हो । नौ गीत समावेश एल्बमका सबै गीतमा नारायण वलीले संगीत दिएका छन् ।

ती गीतमा दीप श्रेष्ठ, कुन्ती मोक्तान, अञ्जु पन्त, बानिका प्रधान, महेश सेवा, निशान भट्टराई, अस्मिता अधिकारी, प्रविन बेडवाल, रचना रिमाल र नारायण वलीले स्वर दिएका छन् । समारोहमा दुईवटा गीतको म्युजिक भिडियो समेत प्रदर्शन गरिएको थियो ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.