फिल्म ‘नीरमाया’को गीत ‘मायाको रङ हुँदैन’मा जातीय विभेदविरुद्धको सन्देश - Crazysaptahik.com

फिल्म ‘नीरमाया’को गीत ‘मायाको रङ हुँदैन’मा जातीय विभेदविरुद्धको सन्देश

जातीय छुवाछुतको कथावस्तुमा निर्माण भएको फिल्म ‘नीरमाया’को पहिलो गीत ‘मायाको रङ हुँदैन’ सार्वजनिक भएको छ । रिमेशकुमारको संगीत रहेको गीतमा धर्मेन्द्र सेवान र रेखा शाहको स्वर समावेश छ ।

उत्तम भेटवालको रचना छ ।गीतमा फिल्मका मुख्य कलाकारहरु जेबी डीसी, अजित लामिछाने, प्रतिशा रिजाल र समृद्धि पौडेल चित्रित छन् । रमेश कोइराला निर्देशित फिल्मको प्रस्तुतकर्ता अनन्त तिमल्सिना हुन् ।

फिल्ममा रमेश बुढाथोकी, लय संग्रौला, जेएन घिमिरेको पनि अभिनय छ । सरकारले १७ वर्षअघि नै जातीय छुवाछुत अन्त्यको घोषणा गरे पनि व्यवहारमा लागु हुन नसकेको आवाज फिल्मले पेस गर्छ ।

सम्बन्धित खवर