मोटरसाइकल यात्रामा आधारित नेपथ्यको गीत ‘भट्भटे’ सार्वजनिक - Crazysaptahik.com

मोटरसाइकल यात्रामा आधारित नेपथ्यको गीत ‘भट्भटे’ सार्वजनिक

लोकरक ब्याण्ड नेपथ्य आफ्ना गीतमा समाज र परिवेशलाई समेट्न जहिल्यै तयार हुन्छ । उल्लिखित शब्द नेपथ्यको नयाँ गीत ‘भट्भटे’का हुन् । मोटरसाइकल यात्रामा आधारित यो गीत शुक्रबार सार्वजनिक भएको हो ।

यस परिवेशमा अन्य मुलुकमा थुप्रै गीत रहेको भए पनि नेपालमा भने रोड ट्रिपमा आधारित गीत पहिलो पटक ल्याएको नेपथ्यले जनाएको छ । ‘धुनबाट एउटा बेग्लै स्वाद र संवादको यो नयाँ प्रस्तुतिसँगै नेपथ्यको एउटा नयाँ श्रृंखलाको पनि सुरुवात भएको छ ।

अर्थात्, अब तीन दशक पुरानो यो ब्याण्डले आफ्ना श्रोताहरुमाझ एघारौं एल्बमको कोसेली प्रारम्भ गर्दैछ,’ नेपथ्यले भनेको छ । एघारौं एल्बममा १० गीत समेटिनेछन् । नेपथ्यका गायक अर्मत गुरुङले आफू पनि कुनै समयमा मोटरसाइकल धेरै कुदाउने गरेको र सोही अनुभवलाई गीतमा उतारेको बताए ।

गीतको भिडियोमा मोटरसाइकल चढ्दै काठमाडौं सहर घुम्नेहरुको दृश्य देख्न सकिन्छ । भद्रगोल बाटोमा लेन मिचेर हाँकिएका मोटरसाइकलको लस्कर पनि भिडियोमा प्रस्तुत छ । सात मिनेट १५ सेकेण्ड लामो गीतको भिडियोको छायांकन र सम्पादन मोहन पुनमगरले गरेका हुन् ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.