‘हेराफेरी ३’मा हेरफेर : अक्षयकुमार बाहिरिंदा कार्तिक आर्यन भित्रिए - Crazysaptahik.com

‘हेराफेरी ३’मा हेरफेर : अक्षयकुमार बाहिरिंदा कार्तिक आर्यन भित्रिए

‘हेराफेरी’ बलिउडको लोकप्रिय फिल्मको श्रृंखलाअन्तर्गत पर्छ । पछिल्ला दुबै श्रृंखलामा अक्षयकुमार, परेश रावल र सुनिल सेट्ठीको भूमिकालाई रुचाइएको थियो । दर्शकले लामो समयदेखि तेस्रो भागलाई प्रतीक्षा गरिरहेका थिए ।

हालै परेश रावलले ट्वीट गर्दै हेराफेरीको तेस्रो भागमा अभिनेता कार्तिक आर्यनलाई अनुबन्ध गरिएको जानकारी दिए । यो खबर आउँदा अक्षयका फ्यान निराश भएका छन् । उनीहरुले अक्षयलाई हेराफेरी ३ मा फर्काउन माग गरिरहेका छन् ।

अक्षयबिना फिल्म फ्लप हुने उनीहरुको चिन्ता छ । १२ नोभेम्बरमा अक्षय हिन्दूस्तान टाइम्सको एक समारोहमा पुगेका थिए । त्यतिबेला हेराफेरीबारे सोधिएको जिज्ञासामा अक्षयले भनेका थिए, ‘म हेराफेरीको हिस्सा हुँ ।

मलाई दुःख यस अर्थमा छ कि लामो समयसम्म तेस्रो भाग बनेन । मलाई फिल्म अफर गरिएको थियो तर पटकथा र स्क्रिप्ट मन परेन । यसकारण म फिल्मबाट बाहिरिएँ ।’ हेराफेरीको पहिलो श्रृंखला सन् २००० मा रिलिज भएको थियो जसलाई प्रियदर्शनले निर्देशन गरेका थिए ।

दोस्रो श्रृंखला ‘फिर हेराफेरी’लाई नीरज भोराले निर्देशन गरेका थिए र सन् २००६ मा रिलिज भएको थियो । यी दुवै श्रृंखलाले बक्स अफिसमा राम्रो कमाइ गरेका छन् ।

सम्बन्धित खवर