‘उचाइ’मा सारिका हसनको डमी कलाकारको भूमिकामा थिइन् परमिता राणा - Crazysaptahik.com

‘उचाइ’मा सारिका हसनको डमी कलाकारको भूमिकामा थिइन् परमिता राणा

नेपालमा समेत छायांकन गरिएको बलिउड फिल्म ‘उचाइ’ अहिले हलमा चलिरहेको छ । झण्डै एक महिना नेपालका पर्यटकीय थलोमा रहेर फिल्म छायांकन गरिएको थियो । नेपाली अभिनेत्री परमिता राणा पनि उचाइ फिल्मसँग जोडिएकी थिइन् ।

सुटिङ गर्ने भन्दै उनी सगरमाथा आधार शिविरसम्म पुगिन् । कास्ट एण्ड क्रिउसँगका उनका तस्वीर पनि सार्वजनिक भएका थिए । अहिले नेपाली दर्शकलाई लागिरहेको छ, फिल्मको सुटिङमा समेत पुगेकी परमिताको एउटा दृश्य पनि फिल्ममा किन छैन ? यो कुरा सही पनि हो ।

आफ्नै भूमिका नभए पनि उनी फिल्मसँग चाहिं जोडिएकी छन् । अभिनेत्री सारिका हसनको डमी कलाकारको रुपमा परमिताले अभिनय गरेकी हुन् । फिल्मको नेपाली लाइन प्रोड्युसरका अनुसार परमितालाई डमी एक्टरको रुपमा मात्र अनुबन्धित गरिएको थियो ।

‘सारिकाजीलाई हिंड्न मुस्किल भए टाढाबाट खिच्नुपर्ने लङसटका दृश्यमा मात्र परमिताले डमी कलाकारको रुपमा काम गर्नुभएको थियो,’ ती लाइन प्रोड्युसरले  भने ।परमिता मात्र होइन, अन्य केही नेपाली कलाकार समेत डमी कलाकारको रुपमा अभिनय गरेका छन् ।

अमिताभ बच्चन नेपालमा नआए पनि उनको डमी कलाकार भारतबाटै ल्याइएको थियो ।उचाइले भव्य ओपनिङ नगरे पनि भारतीय बक्स अफिसमा सुखद कमाइ गरिरहेको छ भने नेपालमा चाहिं राम्रै वर्ड अफ माउथ प्राप्त गरेको छ । दुई दिनमा ५१ लाख रुपैयाँ कमाएको फिल्मले विकडेजमा राम्रै शो प्राप्त गरेको छ ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.