बलिउड अभिनेता ऋतिक रोशन र प्रेमिका सबा आजादले रिलेसनसिपलाई एक कदम अघि बढाउने निर्णय गरेका छन् । प्रायः बाहिर र मुम्बईमा पनि सँगै भेटिने उनीहरु कार्यक्रममा पनि सँगै उपस्थित हुन्छन् ।
विवरणअनुसार उनीहरु मुम्बईस्थित मन्नत नामको एक अपार्टमेन्टमा सँगै बस्नेछन् । सबा र ऋतिक बस्ने योजनाअनुसार उक्त अपार्टमेन्टको माथिल्लो तला पुननिर्माण भइरहेको छ ।
तीन तलामा फैलिएको उक्त अपार्टमेन्ट बनाउन ऋतिकले सय करोड भारु खर्च गरेको जनाइएको छ । ऋतिकले जुहु–भर्सोवा रोड नजिक मन्नतमा ९७.५० करोडमा अपार्टमेन्ट खरिद गरेका थिए ।
साबा र ऋतिकको नयाँ घरले अरब सागरको अचम्मको दृश्य प्रस्तुत गर्छ र यो ३८ हजार वर्गफिटमा फैलिएको छ । १५ औं र १६ औं तलामा रहेको डुप्लेक्सका लागि ऋतिकले ६७.५० करोड भारु र अर्को अपार्टमेन्टका लागि उनले करिब ३० करोड भारु खर्च गरेको जनाइएको छ ।रिपोर्टका लागि ऋतिक र सबा लामो समयदेखि सँगै बस्ने योजनामा थिए र छिट्टै सँगै बस्दैछन् ।
भवनको माथिल्लो तला मर्मत भइरहेको छ र चाँडै उनीहरु त्यहाँ बस्नेछन् । ऋतिक केही समयदेखि सबासँग डेट गरिरहेका छन् । ऋतिक परिवारसँग सँगै दिवाली मनाउने क्रममा पनि उनीहरु सँगै थिए ।
ऋतिकले यसअघि इन्टेरियर डिजाइनर सुजैन खानसँग विवाह गरेका थिए । सन् २०१४ मा ऋतिक र सुजैनबीच डिभोर्स भएको थियो । ऋतिक पछिल्लो समय फिल्म विक्रम वेधामा देखिएका थिए । उनी अहिले सिद्धार्थ आनन्दको फिल्म ‘फाइटर’मा दीपिका पादुकोण र अनिल कपुरसँग देखिंदैछन् ।