परिजिता बास्कोटा ‘द भ्वाइस’को अमेरिकी संस्करणमा अन्तिम १० मा प्रवेश - Crazysaptahik.com

परिजिता बास्कोटा ‘द भ्वाइस’को अमेरिकी संस्करणमा अन्तिम १० मा प्रवेश

नेपालीमूलकी परिजिता बास्कोटा अमेरिकी संस्करणको टेलिभिजन रियालिटी शो ‘द भ्वाइस’को अन्तिम १० मा प्रवेश गरेकी छन् । मंगलबार भएको प्रतिस्पर्धामा उनी दर्शकीय मतको आधारमा आगामी चरणमा प्रवेश गरेकी हुन् ।

जोन लिजेन्ड समूहमा रहेर प्रतिस्पर्धा गरिरहेकी उनले एडेलको गीत ‘अल आइ आस्क’ गाएकी थिइन् । उनको उक्त गीतलाई पनि जजहरुले प्रशंसा गरेका छन् । अन्तिम १३ को प्रतिस्पर्धामा गाउँदा परिजिताले कालो सारी र ब्लाइज लगाएकी थिइन् ।

पहिरनको कारणले पनि उनलाई नेपाल र भारतीय समुदायबाट आकर्षण मिलिरहेको छ ।भिडियो सन्देश जारी गर्दै परिजिताले आगामी चरणका लागि भोट गर्न दर्शकलाई आग्रह गरिरहेकी छन् ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.