आलिया–रणवीरले राखे छोरीको नाम ‘राहा’, बार्सिलोनाको जर्सीमार्फत सार्वजनिक - Crazysaptahik.com

आलिया–रणवीरले राखे छोरीको नाम ‘राहा’, बार्सिलोनाको जर्सीमार्फत सार्वजनिक

बलिउड जोडी रणवीर कपुर र आलिया भट्टले छोरीको नामाकरण गरिदिएका छन् । विहिबार बेलुका इन्स्टाग्रामको एक पोस्टमार्फत आलियाले उक्त जानकारी दिएकी हुन् । आलिया र रणवीरले छोरीको नाम ‘राहा’ राखिदिएका छन् ।

रणवीरकी आमा नीतुले यो नाम राखिदिएकी हुन् । छोरीको नाम सार्वजनिक गर्ने आलिया–रणवीरको काइदा पनि गजबको छ । फुटबल क्लब बार्सिलोनाको जर्सीमार्फत उनीहरुले नाम सार्वजनिक गरे ।

आलियाले छोरीको नाम ‘राहा’को अर्थ खुशि भएको बताएकी छन् । यसबाहेक राहा एक गोत्र पनि हो । गत ६ नोभेम्बरमा आलियाले छोरीलाई जन्म दिएकी थिइन् । आलिया लेख्छिन्, ‘राहाको अर्थ जोए हो ।

संस्कृतिमा राहा एक गोत्र हो । बंगालीमा यसको अर्थ आराम र राहत हो । अरबीमा यसको अर्थ शान्ति हो । यसबाहेक यसको अर्थ खुशि, स्वतन्त्रता र आनन्दजस्ता केही शब्द पनि छन् ।

हामीलाई यिनलाई जब पहिलोपटक हातमा लिँदा हामीले यही सबै शब्दको अर्थ महसुस गयौं । हाम्रो परिवारलाई नयाँ जीवन दिएकोमा तिमीप्रति आभार । यस्तो लाग्दैछ, हाम्रो जीवन बल्ल सुरु हुँदैछ ।’

२७ जुनमा आलियाले पे्रग्नेन्सीको घोषणा गरेकी थिइन् । १४ अप्रिल, २०२२ मा आलिया र रणवीरबीच विवाह भएको थियो ।

सम्बन्धित खवर