कोरियाली युवतीको ब्याण्ड ‘ब्ल्याकपिंक’ सन् २०२२ को ‘इन्टरटेनर अफ द इयर’ घोषित - Crazysaptahik.com

कोरियाली युवतीको ब्याण्ड ‘ब्ल्याकपिंक’ सन् २०२२ को ‘इन्टरटेनर अफ द इयर’ घोषित

कोरियाली युवतीहरुको सांगीतिक समूह ‘ब्ल्याकपिंक’ सन् २०२२ मा विश्वमै ‘इन्टरटेनर अफ द इयर’ घोषित भएको छ । प्रतिष्ठित टाइम म्यागजिनले के–पपको गर्ल्स ब्याण्डलाई वर्षकै मनोरञ्जक तुल्याउने समूहको रुपमा घोषित गरेको हो ।

यो उपाधि पाउने ‘ब्ल्याकपिंक’ के–पपको चौथो ब्याण्ड हो । यसअघि सन् २०२० मा यो उपाधि ब्वाइज ब्याण्ड ‘बीटीएस’ले पाएको थियो । चर्चित रेकर्ड लेबल वाइजी इन्टरटेनमेन्टले यो ब्याण्डलाई छनोट गरेको थियो ।

ब्याण्डमा जेन्नी, जिसो, लिसा र रोजी सदस्य छन् । सन् २०१६ मा पहिलोपटक गीत सार्वजनिक गरेयता ब्याण्ड चर्चामा छ । पहिलो एल्बम ‘एलपी’ एक महिनाभित्रै १० लाखप्रति बिक्री भएको थियो ।

ब्ल्याक पिंकबारे फिचर लेख्दै टाइम म्यागजिनले यो सांगीतिक समूहले सन् २०१९ मा अमेरिकी कन्सर्ट कोचेल्लामा गरेको प्रस्तुतिदेखि यस वर्षको भिडियो म्युजिक अवार्डको ‘पिंक भेनम’बारे लेखिएको छ ।

गायिका जेन्नीले टाइम म्यागजिनसँग भनिन्, ‘हामीले सुपरवुमनजस्तो देखिनको लागि धेरै काम गयौं । जब दिन सकिन्छ हामी सामान्य केटीको रुपमा फर्किन्छौं ।’ दबाब र चुनौतीको बीच आफूहरुले हृदयदेखि गीत गाउने उनले बताइन्।

ब्याण्डको सफलताको अंश तिनीहरुको विश्वव्यापी पृष्ठभूमिबाट आउँछ । ब्याण्ड सदस्य रोजी न्युजिल्याण्डमा जन्मिएकी र अष्ट्रेलियामा हुर्किएकी हुन् ।

आफूहरु भिन्न संस्कृतिबाट आएर एक भएको उनको ठम्याइ छ । ब्ल्याक पिंकले गत अक्टोबरदेखि सुरु भएको बर्नपिंक नामक अभियानलाई वर्षको अन्त्यसम्म युरोपभर प्रस्तुत गर्दैछ ।

सम्बन्धित खवर