सविना र शैल ‘भ्वाइस अफ नेपाल’को फाइनलमा, पदम र प्रिजोल प्रतिस्पर्धाबाट बाहिरिए - Crazysaptahik.com

सविना र शैल ‘भ्वाइस अफ नेपाल’को फाइनलमा, पदम र प्रिजोल प्रतिस्पर्धाबाट बाहिरिए

सविना योङहाङ लिम्बु र शैल लिम्बु टेलिभिजन रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’को चौंथो सिजनको फाइनलमा प्रवेश गरेका छन् । शुक्रबार प्रसारण भएको सेमिफाइनलको पहिलो एपिसोडबाट उनीहरु अन्तिम चारमा प्रवेश गरे ।

टीम प्रविशा अधिकारीको समूहका शैल र टीम राजेशपायल राईबाट सविना सुरक्षित रहे । अन्तिम आठको प्रतिस्पर्धाबाट टीम राजेशका पदम राई र टीम प्रविशाका प्रिजोल नेपाली बाहिरिए ।

दर्शकको भोटमा आधारमा बढी मत ल्याउने फाइनलमा प्रवेश गरे भने कम मत ल्याउने बाहिरिए । शनिबारको सेमिफाइनल एपिसोडबाट थप दुईजना प्रतिस्पर्धी फाइनलमा प्रवेश गर्नेछन् ।

टीम प्रमोद खरेलबाट आशिष महर र योगेश मगरमध्ये एकजना तथा टीम राजु लामाबाट करण राई र रिहान गिरीमध्ये एकजना फाइनलमा प्रवेश गर्नेछन् । ‘द भ्वाइस अफ नेपाल’ प्रत्येक शुक्रबार र शनिबार राती ८ बजे हिमालय टेलिभिजनबाट प्रसारण हुँदै आएको छ ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.