सैफले फोटोग्राफरलाई किन भने, ‘बरु तपाईँ बेड रुममा नै आउनुहोस् न.’ - Crazysaptahik.com

सैफले फोटोग्राफरलाई किन भने, ‘बरु तपाईँ बेड रुममा नै आउनुहोस् न.’

बलिउड अभिनेता सैफ अली खानले फोटोग्राफरहरुलाई बेड रुममा नै आऊ भनेर कटाक्ष गरेका छन् । सैफले आफू र श्रीमतीको फोटो खिच्न चाहने फोटोग्राफरहरुलाई यस्तो बताएका हुन् ।उनको घर नजिकै थुप्रै फोटोग्राफर बसेको देखेर सैफ रिसाए ।

यसैबीच पापाराजीले उनलाई फोटो खिच्नका लागि आग्रह गर्दा उनले भने, ‘एउटा काम गर्नुहोस्, हाम्रो बेड रुममा आउनुहोस् ।’ यो सुन्ने बित्तिकै मिडियाकर्मीले उनलाई सरी पनि भन्छन् । त्यसपछि यो जोडी घर भित्र जान्छन् र सैफले ढोका बन्द गर्छन् ।

भिडियो हेरेपछि प्रयोगकर्ता रिसाए

यो भिडियो सार्वजनिक हुने बित्तिकै सामाजिक सञ्जालमा प्रयोगकर्ताहरूले आफ्नो कडा प्रतिक्रिया दिइरहेका छन् । कमेन्ट गर्ने क्रममा एक प्रयोगकर्ताले लेखे, ‘फाल्तुको एटिट्युड’ । यस्तै, अर्का प्रयोगकर्ताले लेखे, ‘यिनीहरूको पछाडि भाग्न किन पयो ।’

मलाइका अरोडाको पार्टीमा गएका थिए सैफ–करिना

स्मरण रहोस्, बलिउड अभिनेत्री तथा करिनाकी निकै मिल्ने साथी मलाइका अरोडाले बिहीबार राती आफ्नी आमाको जन्मदिन मनाए ।

यो मौकामा नायिकाले जन्मदिनको पार्टी आयोजना गरे जसमा करिना, सैफसमेत थुप्रै बलिउड सेलिब्रिटी पुगेका थिए ।

 

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.