‘बाहुबली’ अभिनेत्री तमन्ना भाटिया घुमघाम गर्न काठमाडौंमा - Crazysaptahik.com

‘बाहुबली’ अभिनेत्री तमन्ना भाटिया घुमघाम गर्न काठमाडौंमा

‘बाहुबली’ फेम्ड अभिनेत्री तमन्ना भाटिया होलीको बिदा मनाउन नेपाल आइपुगेकी छन् । उनले इन्स्टाग्राम एकाउन्टमा नेपालमा होली मनाएको तस्वीर पोस्ट गरेकी छन् । भारतमा मंगलबार होलीको बिदा भएकाले उनी नेपाल आइपुगेकी हुन् ।

‘ह्याप्पी होली फ्रम नेपाल’ भन्दै उनले शुभकामना समेत दिएकी छन् । तेलुगु र तामिल फिल्म उद्योगकी यी चर्चित अभिनेत्रीको फिल्म ‘बाहुबली’का दुबै श्रृंखलाले नेपालमा आक्रामक कमाइ गरेका थिए ।

ती फिल्ममा उनी अभिनेता प्रवासको अपोजिटमा देखिएकी थिइन् । तमन्नाले नेपाल भ्रमणबारे विस्तृत खुलाएकी छैनन् । यद्यपी, उनको नेपाल आगमन घुमघामका लागि हुनसक्ने अनुमान छ ।

सम्बन्धित खवर