‘अ कम्प्लिट गितारकर्ड बुक’ लोकार्पण - Crazysaptahik.com

‘अ कम्प्लिट गितारकर्ड बुक’ लोकार्पण

गितारिस्ट एवम् गायक सुनिल गुरुङको पुस्तक ‘अ कम्प्लिट गितारकर्ड बुक’ लोकार्पण भएको छ । राजधानीमा आयोजित एक कार्यक्रमका बीच वरिष्ठ सङ्गीतकार किशोर गुरुङ, लेखक सुनिल गुरुङ, ज्योति घिमिरे, एम शाही, गौरव शर्मा, ओम शाही, विक्रम थापालगायतले संयुक्त पुस्तकको लोकार्पण गरेका हुन् ।

पुस्तक गितार सिक्न चाहनेका लागि एकदमै उपयोगी रहेको वरिष्ठ सङ्गीतकार गुरुङे बताए । गितार सिक्न चाहनेका लागि यस्तो खालको पुस्तक पहिले नेपालमा नआएको उनको धारणा रहेको थियो । सुनिल गुरुङ पुरानो पुस्ताको गायक तथा गितारिस्ट हुन् ।

सन् १९८२ मा उनले स्ट्रिङ्गस ब्यान्ड खोलेका थिए । ब्यान्डमा उनीसँगै सुमन लामा, सुदेश देवान, निर्मल देवान, गौरव शर्मा र तिलक थापा मगर रहेका थिए । यो ब्याण्डले थुप्रै गीतसंगीत बजारमा ल्याएको छ ।

सुनिल अहिले काठमाडौँमा छन् । बेलायतमा बस्दै आएका उनले नेपाल आएको छोटो समयमा ब्यान्डका साथीसँग भेटघाट र पुस्तक प्रकाशन गरेको बताए । पुस्तक लोकार्पण समारोहमा गीत–सङ्गीतका व्यक्तित्वको अलावा सञ्चारकर्मीको बाक्लो उपस्थिति थियो ।

सम्बन्धित खवर