बीटीएस स्टार जस्तो देखिन १२ पटक अनुहार सर्जरी गरेका क्यानडेली अभिनेताको निधन - Crazysaptahik.com

बीटीएस स्टार जस्तो देखिन १२ पटक अनुहार सर्जरी गरेका क्यानडेली अभिनेताको निधन

लोकप्रिय के–पप स्टार जिमिनसँग मिल्दोजुल्दो देखिन १२ पटकभन्दा बढी प्लास्टिक सर्जरी गरेका क्यानडेली अभिनेता सेन्ट भोन कोलुचीको दक्षिण कोरियामा निधन भएको छ । केही महिनादेखि उनले कस्मेटिक प्रक्रियाका जटिलता भोगिरहेका थिए ।

उनको उमेर २२ वर्ष थियो । उनका प्रवक्ता एरिक ब्लेकले डेलीमेलसँग कुरा गर्दै १२ पटक प्लास्टिक सर्जरीमा दुई लाख २० हजार अमेरिकी डलर खर्च गरेको जानकारी दिए ।

यसो गर्दा अमेरिकी स्ट्रिमिङ नेटवर्कमा के–पप स्टारजस्तै देखिन सक्ने उनको बुझाइ थियो । गत शनिबार रातिदेखि उनले गत नोभेम्बरमा गरिएको सर्जरी हटाउन पुनः थालेका थिए । शल्यक्रिया जोखिमपूर्ण हुने थाहा हुँदाहुँदै पनि कोलुची रोकिएनन् ।

जसले गर्दा उनमा संक्रमण भयो । शल्यक्रियाको केही घण्टामै उनको निधन भयो । ब्लेकले थप बताएअनुसार भोन कोलुची संगीत उद्योगमा प्रवेश गर्न सन् २०१९ मा क्यानडाबाट दक्षिण कोरिया पुगे ।

उनी दक्षिण कोरियाका तीन ठूला मनोरञ्जन कम्पनीमध्ये एउटामा प्रशिक्षार्थीको रूपमा काम गरिरहेका थिए । मार्च २०२२ मा युवा अभिनेतासँग काम गर्न थालेका ब्लेक भन्छन्, ‘यो धेरै दुःखद् र धेरै दुर्भाग्यपूर्ण छ ।’

उनी आफ्नो लुक्सको बारेमा धेरै असुरक्षित थिए । उनको धेरै वर्गाकार अनुहारको आकार र चिउँडो थियो, जुन उनलाई मन पर्दैनथ्यो । गत वर्ष उनको कन्सिरीको ठूलो शल्यक्रिया गरिएको थियो ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.