फेसन महाकुम्भ मेटगालामा सहभागी हुने सेलिब्रिटीको टुंगो लाग्यो - Crazysaptahik.com

फेसन महाकुम्भ मेटगालामा सहभागी हुने सेलिब्रिटीको टुंगो लाग्यो

विश्व फेसनको महाकुम्भ मानिने मेटगाला–२०२३ को पर्खाइ विश्वभर छ । विश्व फेसनको ट्रेण्ड स्थापित गर्ने मानिएको यो मेलामा चर्चित स्टारले भाग लिन्छन् । अमेरिकी सहर न्युयोर्कमा हुने यस वर्षको संस्करणमा सहभागी हुने सेलिब्रिटीको नाम लगभग टुंगो लागेको छ ।

भारतबाट आलिया भट्टले डेब्यु गर्ने भएकी छन् । यसको लागि उनी बुधबार बेलुका नै अमेरिका प्रस्थान गरेकी छन् । बलिउड तथा हलिउड अभिनेत्री प्रियंका चोपडाले पनि मेटगालामा भाग लिने निश्चित भएको छ ।

‘सिटाडेल’ प्रवद्र्धनका लागि आयोजित रेडकार्पेट समारोहमा प्रियंकाले आफू मेटगालामा उपस्थित हुने बताएकी हुन् । भेराइटी म्यागजिनका वरिष्ठ कल्चर एण्ड इभेन्ट्स सम्पादक मार्क मालिकनले ट्वीटमार्फत यसबारे जानकारी दिएकी छन् ।

सेलिब्रिटी क्यालेन्डरमा निकै महत्वपूर्ण मानिएको मेटगालाको यसपटकको थिम चाहिं दिवंगत फेसन डिजाइन कार्ल लेगरफेल्डप्रति समर्पित छ । सन् २०१९ मा निधन भएका यी जर्मन फेसन डिजाइनर फेसन विधामा लोकप्रिय छन् ।

हलिउड सञ्चारमाध्यमका अनुसार यसपटक बियोन्से, बेला हदिद, बेली एलिस, ब्याड बनी, कार्डी बी, गिगी हदिद, हेली बिबर, जस्टिन बिबर, केटी पेरी, किम कार्दसियन, क्रिस्टिन स्टेवार्ट, लेडी गागा, निकी मिनाज, रिहाना, रोजर फेडेरर, सेलेना गोमेज, सन मेन्डेस, जेन्डाया लगायतले सहभागिता जनाउने पक्का भएको छ ।

प्रत्येक वर्ष मे १ मा न्युयोर्कमा मेटगाला आयोजना हुने गर्छ । मेट्रोपोलिटन म्युजियम अफ आर्टको कस्ट्युम इन्स्टिच्युटको लागि अर्थ संकलन गर्ने उद्देश्यले यो फेसन उत्सव आयोजना गरिन्छ ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.