फिल्म ‘सानीमाया’ को शुभमहूर्त - Crazysaptahik.com

फिल्म ‘सानीमाया’ को शुभमहूर्त

फिल्म ‘सानीमाया’ निर्माण हुने भएको छ । ८८४८ इन्टरटेनमेन्ट प्रालिले फिल्म निर्माण गर्न लागेको हो । फिल्मको बिहिबार एक समारोहकाबीच शुभमहूर्त गरिएको छ ।

फिल्ममा रामचन्द्र अधिकारी, शारदा गिरि ,सावित्रा चिलवाल, राजकुमार शाह ,अर्जुन थापा ,स्वेच्छा ढकाल, प्रियंका श्रेष्ठ, अभिषेक फुयाल, कृष्ण प्रसाद धिताल लगायत कलाकारको अभिनय रहनेछ।

राज चौधरी निर्माता रहेको फिल्मको लेखक तथा निर्देशक देव धिमाल हुन् । मुर्हुत कार्यक्रममा चलचित्र बिकाश बोर्डका पुर्व अध्यक्ष राजकुमार राई, कलाकार संघका अध्यक्ष मोहन निरौला, निर्देशक समाजका अध्यक्ष जनकदिप पराजुली, ओ.एस.आर. डिजिटलका ओमप्रकाश अग्रवाल लगायतको सहभागीता रहेको थियो । फिल्म जेठको दोसो साताबाट छायांकनका लागि फ्लोरमा निस्किने तयारीमा छ ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.