शनिबार कीर्तिपुरमा १९७४ एडी र कुटुम्बको कन्सर्ट - Crazysaptahik.com

शनिबार कीर्तिपुरमा १९७४ एडी र कुटुम्बको कन्सर्ट

एकताका चर्चित ब्याण्ड १९७४ एडीको सांगीतिक कन्सर्ट यही कार्तिक २३ गते काठमाडौंमा हुने पक्का भएको छ । फाट्टफुट्ट गीतहरु लिएर आए पनि विविध कारणले स्थिर भएको व्याण्ड भोकलिष्ट फिरोज स्याङ्देनको आगमनसंगै अब सक्रिय हुने बताइएको छ ।

मंगलबार कीर्ति इभेन्टले पत्रकार सम्मेलन गरी उक्त कन्सर्ट कीर्तिपुरको खेल मैदानमा हुने जानकारी गराएको थियो । यसैगरी सो कन्सर्टमा कुटुम्ब ब्याण्ड र गायक रोहित जोन क्षेत्रीको पनि सांगीतिक प्रस्तुति रहनेछ ।

कन्सर्टमा टिकटको मूल्य प्रि सेल ३ सय, डोर सेल ५ सय र भिआइपी सेल १ हजार तोकिएको छ । कन्सर्ट यही शनिबार अपरान्ह ३ बजेबाट सुरु हुनेछ ।

सम्बन्धित खवर