कार्तिक सारासँगको ब्रेकअपबारे बोल्न चाहेनन् - Crazysaptahik.com

कार्तिक सारासँगको ब्रेकअपबारे बोल्न चाहेनन्

एजेन्सी । हालै बलिउड अभिनेता कार्तिक आर्यनको मुख्य भूमिका रहेको चलचित्र ‘पति पत्नि और वो’को ट्रेलर सार्वजनिक भएको छ ।

कमेडी जनरामा निर्माण भएको चलचित्रको ट्रेलरमा कार्तिकको कामको प्रशंसा भइरहेको छ । ट्रेलरमा बोलिएका संवादलाई दर्शकले रुचाएका छन् ।

यो सँगै कार्तिक ‘ब्रेक(अप’को विषयलाई लिएर पनि समाचारको शीर्षक बनिरहेका छन् । बलिउड मिडियाले कार्तिक नायिका सारा अलि खानसँग डेट गरिरहेको उल्लेख गरेको थियो । तर, उनीहरुले औपचारिक रुपमा प्रेम स्वीकारेका थिएनन् ।

चलचित्र ‘लभ आजकाल(२’मा काम गर्दा उनीहरु नजिकिएका थिए । तर, यस चलचित्रको छायांकन सकिएसँगै उनीहरुको ब्रेक(अपको समाचार आइरहेको छ । तर, विषयमा पनि उनीहरुले कुनै औपचारिक धारणा राखेका छैनन् । यस्तैमा एक कार्यक्रममा कार्तिकलाई सारासँगको ब्रेक(अपको विषयमा प्रश्न गरियो । तर, उनले ब्रेकअपको विषयमा बोल्न चाहेनन् ।

उनले भने, ‘जब म आनन्यासँग डिनर जान्थे धेरैले यस विषयमा प्रश्न गर्नुहुन्थ्यो । जब आनन्यासँग डिनर जान छोडे, तब पनि प्रश्न आयो । अहिले पनि त्यस्तै भइरहेको छ । तर, मैले ‘पति, पत्नि और वो’मा सुपरस्टार अभिताभ बच्चनसँग काम गरेको छु । त्यो विषयमा प्रश्न गर्ने कोही छैन् ।’

यत्ति मै पत्रकारले चित्त बुझाएनन् । थप प्रश्न गरे, ‘तपाईहरु डेट गरेको कुरा सत्य हो ?’ उत्तरमा कार्तिकले भने, ‘अहिलेसम्म कुनै पनि म्यागजिनको कभरमा हामी छापिएका छैनौँ । त्यसको केही प्रमाण पनि छैन ।

सम्बन्धित खवर