सुटिङको क्रममा अक्षय कुमारलाई लाग्यो चोट - Crazysaptahik.com

सुटिङको क्रममा अक्षय कुमारलाई लाग्यो चोट

एजेन्सी । बलिउड अभिनेता अक्षय कुमार फिल्म ’सूर्यवंशी’को सुटिङक्रममा घाइते भएका छन् । प्रहरीको भूमिका निर्वाह गरेका अक्षयको सुटिङक्रममा हातमा चोट लागेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

चोट लाग्नेबित्तिकै उनको उपचार गरिएको थियो । उनको देब्रे हातमा नसाको समस्या भएको बताइएको छ । ‘सिंघम’ र ’सिम्बा’ फिल्मको श्रृंखलाका रूपमा अर्को वर्ष रिलिज हुने ‘सूर्यवंशी’मा अक्षयको मुख्य भूमिका छ ।

अक्षयबाहेक क्याटरिना कैफको पनि महत्वपूर्ण भूमिका छ । त्यस्तै ’सिम्बा’का मुख्य अभिनेता रणवीर सिंह र ’सिंघम’का अजय देवगन फिल्मको क्लाइमेक्समा देखिने बताइएको छ ।

फिल्म सन् २०२०, मार्चमा रिलिज हुनेछ। यो फिल्म रोहित शेट्टी र करण जौहर मिलेर बनाएका हुन् । फिल्मका धेरैजसो दृश्य बैंकक, हैदराबाद र मुम्बईमा खिचिएको छ । अक्षय कुमार केही वर्षयता निकै व्यस्त छन् ।

वर्षमा ४–५ वटा फिल्म खेलिरहेका उनको कमाइ पनि उच्च छ । यो वर्ष अक्षय अभिनित ’मिसन मंगल’ र ’केशरी’ हिट भए भने हालै रिलिज भएको ’हाउसफुल ४’ ले आफ्नो कमाइ बढाइरहेको छ । यो फिल्मको गीत ‘सैतानका साला..बाला’ले नै युट्युबमा दस करोड भ्युज कटाइसकेको छ ।

सम्बन्धित खवर