सूर्य इन्टरनेशनल फिल्म अवार्ड २०१९ मा महलाई सम्मान गरिने - Crazysaptahik.com

सूर्य इन्टरनेशनल फिल्म अवार्ड २०१९ मा महलाई सम्मान गरिने

 

काठमाडौं । हास्यकलाकार महजोडी अथवा र्थात् मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य ‘सूर्य रत्न सम्मान २०७६’ बाट सम्मानित हुने भएका छन् ।

जापानको टोकियोमा नोभेम्बर २४ मा आयोजना हुने ‘सूर्य इन्टरनेशनल फिल्म अवार्ड २०१९’मा महलाई यो सम्मान प्रदान गरिदैछ । हाँस्य कलाकारितासँगै गीत संगीत, सामाजिक क्षेत्रमा महले पु¥याएको योगदानको कदर गर्दै सो सम्मान दिन लागिएको हो ।

नाकानो जिरो हलमा आयोजना हुने अवार्डमा फिल्मकर्मी तथा टेलिभिजनकर्मी नीर शाहलाई ‘सूर्य लाइफटाइम एचिभमेन्ट अवार्ड’ प्रदान गरिनेछ । फिल्म र म्युजिक विधामा रहेर आयोजना हुन लागेको अवार्डमा नेपालबाट ५० बढी सेलिब्रेटी तथा मिडियाकर्मी सहभागी हुनेछन् ।

अवार्डमा नीर शाह, मदनकृष्ण श्रेष्ठ हरिवंश आचार्य, भुवन केसी, केशव भट्टराई, अनमोल केसी, श्वेता खड्का, नम्रता श्रेष्ठ, साम्राज्ञी राज्यलक्ष्मी शाह, पुजा शर्मा, सन्दीप छेत्री, कमल खत्री, बर्षा राउत, विजय लामा, बुद्धि तामाङ, दिपेन्द्र लामा, हेमन्त शर्मा, संजीव पराजुली, टीका प्रसाईं, महादेव त्रिपाठी लगायत सहभागी हुँदैछन् । अवार्डमा ६ फिल्म र ६ संगीतका विधा समेटिएको सूर्य कर्पोरेशनका अध्यक्ष वाशुदेव लामिछानेले बताए ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.