अर्जुन रामपाल र मेहर जेसियाको डिभोर्स - Crazysaptahik.com

अर्जुन रामपाल र मेहर जेसियाको डिभोर्स

विवाह भएको २१ बर्षपछि बलिउड नायक अर्जुन रामपाल र उनकी पत्नी मेहर जेसियाको डिभोर्स भएको छ ।

मुम्बइको बान्द्रास्थिती फेमिली कोर्टले उनीहरुलाई डिभोर्सका लागि मन्जुरी दिएको छ । मुख्य न्यायधिश शैलजा सावन्त ‘स्पेशिल म्यारिज एक्ट’ अनुसार यो जोडीलाई डिभोर्सका लागि मन्जुरी दिएको हो ।

न्यायधिसले दुई छोरी माहिका र मायारलाई जेसिकासँग नै बस्नका लागि अनुमती दिएका छन् । अर्जुन रामपाल पछिल्लो केही समयदेखि अफ्रिकन मोडल ग्रेविएलाको साथमा प्रेम सम्बन्धमा छन् । उनीहरुले अहिलेसम्म विवाह गरेका छैनन् । तर, उनीहरुले सन्तानलाई जन्म दिएका छन् ।

मेहर र अर्जुनले सन् १९९८ मा विवाह गरेका थिए । बिहे गरेको लामो समयसम्म उनीहरु एकसाथ मिलेर बसेका थिए । तर, अर्जुन बाहिरी युवतीसँग प्रेम सम्बन्धमा भएपछि उनीहरु बीच खटपट भएको थियो ।

सम्बन्धित खवर