सपनकोे ‘लै बरी लै..’ (भिडियो सहित) - Crazysaptahik.com

सपनकोे ‘लै बरी लै..’ (भिडियो सहित)

गायक सपन श्रेष्ठको नयाँ गीत ‘लै बरी लै..’ सार्वजनिक भएको छ । गायक सपन र र्यापर प्रिन्स राज फिचर भएको ‘लै बरी लै…’ बोलको नयाँ गीतको म्युजिक भिडियो नेपाली प्रयाङ्क मिनिस्टर नामक युट्यूब च्यानलबाट सार्वजनिक भएको छ ।

गायक श्रेष्ठको म्यूजिक भिडियोमा नेपालका चर्चित मोडलहरु मोडल तनुजा गुरूङ, सुष्मा अधिकारी, सम्पदा बानिया, स्वीकृति प्याकुरेल, कश्या अधिकारि लगायतका लाई ग्ल्यामर लुक्समा फिचर गरिएको छ । गीतमा गयाक श्रेष्ठ र कोरियोग्राफर नरेस बिर शिंह लाई पनि फिचर गरिएको छ ।

ब्रिजेस श्रेष्ठको शब्द, संगीत तथा एरेन्ज रहेको गीतलाई गायक सपनले पूर्ण रुपमा न्याय गरेका छन् । यो गीत अनि भिडियो नै सपनको अहिलेसम्मकै सर्वोत्कृष्ट रहेको प्रतिक्रिया पाइरहेको, निर्मात्री अन्जना श्रेष्ठले बताइन् । भिडियोबाट प्राप्त रोयल्टीको २० प्रतिशत चै भिम विकलाई सहयोग गर्ने गायक सपनले जनाए ।

म्यूजिक भिडियो :-

सम्बन्धित खवर