उदिप र आँचलको ‘अनपेक्षीत माया’ - Crazysaptahik.com

उदिप र आँचलको ‘अनपेक्षीत माया’


फागुणमा नायिका आँचल शर्मा र उनका प्रेमी उदिप श्रेष्ठ बिहेको तयारीमा छन् । उनीहरु प्रेम सम्बन्धमा रहेको १ बर्ष भयो । उदिपसँगको प्रेमलाई नायिका शर्माले लुकाउन चाहिनन् ।

उनीहरुको भेट भएको केहीदिनमा दुइको सम्बन्ध खुलाएकी थिइन् । अहिले सामाजिक संजालमा उनीहरुले प्रेम व्यक्त गरिरहेका छन् । उनीहरु एकअर्काको तारिफ गर्नेदेखि प्रेममा डुबेका कुरा गर्न अगाडि छन् । एउटा कार्यक्रमम आँचल र उदिपको भेट भएको थियो । यसपछि नजिक भएका उनीहरु प्रेम सम्बन्ध हुँदै अहिले बिहेको तयारीमा छन् । उदिपसँगको प्रेमलाई आँचल भने ‘अनपेक्षित’ भन्न रुचाउँछिन् । इन्स्टाग्राममा उनले लेखेकी छिन–‘सबैभन्दा राम्रो प्रेम अनपेक्षित हुन्छ ।’ संयोगमा आँचल र उदिपको भेट भएको थियो । सायद, उदिपसँगको प्रेमलाई आँचल सबैभन्दा राम्रो भन्न खोजिरहेकी छिन ।

सम्बन्धित खवर