शुक्रबार (आज)देखि प्रदर्शन हुने नेपाली कथानक चलचित्र ‘सरौतो’ बाट नेपाली रजतपटमा डेब्यु गरेका कलाकारहुन् लियो ट्यांक । यस चलचित्रमा उनको क्यारेक्टर निकै बोल्ड भएको हल्ला चलिरहेको छ । तर, हाल लियो प्रचार प्रसारमा भने हिडेका छैनन् । किनकि उनी लण्डनमा बस्ने भएका कारण नहिडेको लियोले बताएका छन् ।
लण्डन र मुम्बईमा नयाँ प्रोजेक्टको शुटिङ भइरहेको कारणले आफू नेपालमा फिल्म प्रचारका लागि आउन नसकेको उनको भनाई छ । उनी चलचित्रमा भिलेन हुन् कि हीरो छुट्टाउन सकिएको छैन । अब शुक्रबारदेखि भने सो कुरा खुल्नेछ । उनी चलचित्रबाट निक्कै आशावादी पनि छन् ।
– तस्बिर : थ्रीडीअनलाइन