भूमीलाई फ्यानले विवाहको प्रस्ताव राखे - Crazysaptahik.com

भूमीलाई फ्यानले विवाहको प्रस्ताव राखे

नायिका भूमी पेन्डेकरलाई मन पराउनेको संख्या बढिरहेको छ । बलिउडमा उनले अभिनय गरेका चलचित्र व्यापारिक रुपमा हिट मात्र छैनन्, उनको अभिनयको प्रशंसा पनि भैरहेको छ ।

सायद, यही भएर होला भूमीसँग विवाह गर्न चाहने फ्यानको संख्या पनि प्रशस्त छ । भर्खरै मात्र, भूमीलाई एक फ्यानले ट्विटरमा विवाहको प्रस्ताव राखे । फ्यानले लेखेको छ–‘के छ सुन्दरी म्याम । म एक दिनपनि तपाइको तस्वीर नहेरी रहन सक्दिनँ । तपाई निकै नै प्यारी हुनुहुन्छ । तपाई साधारण यूवती भएको भए म तपाइलाई प्रपोज गर्ने थिएँ । तर, तपाई पर्नुभयो ठूलो सेलिब्रिटी । मैले जती नै प्रेम गरेपनि तपाइलाई पाउने मेरो कुनै भाग्य छैन । दुख लाग्छ ।’

भूमीले पनि फ्यानलाई निराश हुन दिइनन् । उनले जवाफ फर्काइन् –‘सेलिब्रिटी भएपनि नभए पनि कसैको पनि अहिले विवाहको चान्स छैन । तर, म तपाइलाई बारम्बार याद गर्ने बनाइरहनेछु । जति पनि संभव हुन्छ, म ठूलो पर्दामा आउनेछु ।’

सम्बन्धित खवर