क्रेजी साप्ताहिक । कबि तथा गितकार खेम गुरुङगको “गुन्दु्रक साधेको” बोलको म्युजिक भिडियो बिहिबार सार्वजनिक भएको छ । कोरियामा रहेर नेपाली मौलिक साहित्यमा कलम चलाईरहेका गुरुङगले लिम्दुमी कृएसन युट्युव च्यानल द्धारा भिडियो सार्वजनिक गरेका हुन् ।
चर्चित गायिका मेलिना राई र नेपाल आईडलका फस्ट रनर अफ निसान भट्टराईले स्वर भरेको उक्त गितमा डि.आर अटुले संगित गरेका छन् । गितलाई खेम गुरुङगले रचना गरेका हुन भने राजु कार्किले संयोजन गरेका छन् । शिशिर श्रेष्टको निर्देशनमा बनेको भिडियोमा चर्चित नेपाली कमेडि क्लबका हास्य कलाकरहरु फुलन्देको आमा,(उमेश राई) काउली बुडि, (सन्ध्या बुढा) कलेज नेपालको रियासा दाहाल ,बिनोद परियार ,र रोवट सिंह लगायतको अभिनय रहेको छ भन,े ज्ञानेन्द्र शर्मा हुमागाईले छायाँकन तथा अमृत चापागाईले भिडियोको सम्पादन गरेका छन ।
भिडियो हेर्नुहोस ः