रिजुको रफ्तार - Crazysaptahik.com

रिजुको रफ्तार

हसिली रिजु भट्टराई प्रथम मिस पथरीशनिश्चरे २०१९ कि विजेता हुन् । ५ फुट ४ इन्च अग्ली उनको पेन्टिङ, गायन, कविता लेखन लगायतमा विशेष रुचि छ । बिएस्सी इन बाइलोजीको प्रथम वर्षकी विद्यार्थी उनी अहिले मिस पूर्वाञ्चलको प्रशिक्षणमा छिन् ।

सुरन्दरी प्रतियोगितामा आउनुको कारणले बारे उनी स्पष्ट छिन् । उनले भनिन्–‘कुनै दिन नेपालले पनि अन्तर्राष्ट्रिय ताज सफल हुनेछ । त्यही इच्छालाई साकार पार्न म सुन्दरी प्रतियोगितामा आएकी हुँ ।’ आफूलाई एक सामान्य नारी हुँ भन्न रुचाउने उनले १२ वर्षको उमेरमा गीत ‘विद्यार्थीमा गाउंछु गीत…’ रेकर्ड गराएकी थिइन् । यति कुराबाट नि प्रष्ट हुन्छ कि रिजुको रफ्तार बढ्दै गइरहेको छ ।

सानैमा उनले पथरी शनिश्चरेमा अवस्थित रेडियो सिम्रिकमा ‘सानो आकाश’ नामक बाल कार्यक्रम पनि सञ्चालन गर्थिन् । बाल्यकालदेखि नै तिक्ष्ण दिमागकी धनी उनलाई नायक राजेश हमाल र नायिका सम्राज्ञी राज्यलक्ष्मी शाहको अभिनय एकदमै मनपर्ने बताउँछिन् । भविष्यमा आफ्नो देशलाई अघि बढेको हेर्न चाहना रहेको र उनी स्वयं पनि बायोग्राफीको विद्यार्थी भएको हुनाले विज्ञानको क्षेत्रबाट देशको सेवा गर्ने सोच उनमा छ । र, उनी आफूलाई परिभाषित गर्नुपर्ने एक आत्मविश्वासी, मेहनी र साहसी नारी भन्न औधी रुचाउँछिन् ।

र अन्त्यमा भन्ने प्रश्नमा उनले भनिन् –‘मलाई अहिले भोटको खाँचो छ । हजुरहरुले मिस पूर्वाञ्चलको पेजमा गएर मेरो अफिसियल फोटोमा लाइक गरिदिनुहोला । एउटा ब्लु सर्ट लगाएको पिक छ, अर्काे वाइट । धन्यवाद ।’

सम्बन्धित खवर